गोठमा वस्न सहजताका लागि त्रिपाल वितरण
गोठमा वस्न सहजताका लागि त्रिपाल वितरण
गोरखाःधार्चे गाउँपालिकालले गोठालाहरुलाई त्रिपाल वितरण गरेको छ ।
स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत तिन सय ५० थान त्रिपाल वितरण गर्ने गाउपालिकाको तयारी छ । सोमबार धार्चे गाउपालिका–५ सिङला, लप्सीवोट र माछाखोलाका ६९ जनालाई त्रिपाल वितरण गरिएको छ । घुम्ती गोठमा वस्ने गोठालाहरुलाई सहजताका लागि त्रिपाल र सोलार वितरण गरिएको गाउपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको उपस्थितिमा त्रिपाल वितरण गरिएको हो । अन्य वडामा पनि क्रमश वितरण गर्ने गाउपालिकाको योजना छ ।