भूकम्प स्मृति पार्कको संरक्षण र प्रवद्र्धनको नीति

भूकम्प स्मृति पार्कको संरक्षण र प्रवद्र्धनको नीति


बुधबार, असार २०, २०८०


भूकम्प स्मृति पार्कको संरक्षण र प्रवद्र्धनको नीति

गोरखाः बारपाक सुलिकोट गागउपालिकाले गोरखा भूकम्प २०७२ को स्मृति पार्क संरक्षण र प्रवद्र्धनको निति लिएको छ ।

बारपाकलाई राष्ट्रिय स्तरमा नै भूकम्प अध्ययन स्थलको रुपमा विकास गर्ने असार १० गते प्रस्तु्त गरिएको निति तथा कार्यक्रममा उल्लेख छ । वारपाक लगायतका अन्य गाउँहरुको अध्ययन तथा सर्वेक्षण गरी स्मार्ट गाउँको रुपमा विकास गर्ने उदेश्य सहित आवश्यक पुर्वाधार तयारी गर्ने पनि निति तथा कार्यक्रममा समेटिएको छ । स्थानीय खोला तथा पोखरीहरुमा आधुनिक माछापालनका लागि आवश्यक ब्यवस्था मिलाउने, बारपाक र पाल्खुमा स्थानीय कृषि तथा उद्योगहरुबाट उत्पादीत वस्तुहरुको विक्रि वितरणको लागि कोशेली घर स्थापना गर्ने, कृषि एम्वुलेन्सको ब्यवस्था गरी उत्पादीत कृषी उपजलाई सहज ढंगबाट वजार सम्म पु¥याउन टेवा पु¥याउने निति पनि गाउपालिकाले लिएको छ । किसानलार्य सुधारिएको गोठ, मल, खाडल र पिसाव संकलन गर्ने ट्यांकी निर्माण गर्न प्रेरित गर्ने, दरौदी करिडोरलाई कृषि उत्पादन पकेट क्षेत्र वनाउने, एक वडा एक विशेष वाली अवधारणाको निति अवलम्वन गरी स्थानिय स्तरमा सभाब्य देखिएका बालीवस्तुहरुको पहिचान गरी त्यसमा आधारित औद्योगिक वस्तुको उत्पादनलाई प्रवद्र्धन गर्ने, गाउँपालिका भित्रमा उत्पादित कृषि उपज(आलु, किवि, एभोकाडो)लाई विविधिकरण मुल्य श्रृङ्कलाको अवधारणा ल्याउने पनि गाउपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख छ ।



बारपाक बहुप्राविधिक विद्यालय संञ्चालित कार्यक्रमलाई आवास गुणस्तरीय शिक्षा दिने व्यवस्था गर्दै थप कार्यक्रम विस्तार गर्ने, गाउपालिका भित्र उच्च शिक्षाको लागि बहुमुखी क्याम्पसको स्थापनाको पहल गर्ने, निः शुल्क अनिवार्य र प्रविधि मैत्री शिक्षमा जोड दिइने, अभिभावक विहिन टुहुरा संरक्षक बालबालिका छात्रबास सहित शिक्षाको सुनिश्चितता गरिने,‘बारपाक सुलिकोट चेली ः उपाध्यक्षको कोसेली ’ मार्फत सुत्केरी महिलालाई पोष्टिक आहार नियमित प्रदान गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका भित्रका ५ वर्ष मुनिका बालवालिकाहरुको कुपोषण दर शुन्य वनाउने, जेष्ठ नागरिक, क वर्गका अपाङ्गता भएकाहरुलाई घरदैलोमा र टोल÷टोलमा पुगेर स्वास्थ्यसेवा प्रदान गरिएकोमा निशुल्क औषधि सहितको स्वास्थ्य सेवालाई निरन्तरता दिने, किशोर किशोरीहरुको पोषणको अवस्था पक्ता लगाउन विद्यालयमै शारिरीक परिक्षण र रक्त अल्पताको लागि प्रयोगशाला परिक्षण गर्ने पनि गाउपालिकाले निति लिएको छ । हरेक स्वास्थ्य संस्थामा वैकल्पीक उर्जाको प्रयोग गरि चोविसै घण्टा विद्युतिय सेवा उपलब्ध गराउने, स्वास्थ्य चौकीहरुको एम्वुलेन्स संचालन सेवालाई ब्यवस्थीत गर्ने, गाउपालिका अन्तरगतका वडाहरुमा सन्चालित प्रसुती गृहहरुमा प्रसुती महिला तथा स्याहारकर्ताहरुलाई खाना खाजाको ब्यवस्था गर्न ‘आमा भान्छा घर’ को ब्यवस्था गर्ने, बारपाक सुलिकोटको प्रतिवद्धता स्वास्थ्य विमामा सवैको सहभागिता भन्ने नाराकासाथ तथ्याङ्क संकलनको आधारमा आगामी दुइवर्षमा स्वास्थ्य विमा अनिवार्य गर्ने निति पनि गाउपालिकाले लिएको छ ।

समाजमा विद्यमान असर परम्परागत अभ्यास तथा प्रचलित कानुनहरुलाई अध्ययन गरि स्थानीय तहको कानुनमा समावेश गर्न प्रयास गर्ने, ऐतिहासीक तथा पुरातात्विक महत्वका सम्पदाको खोज अन्वेषणमा जोड दिने र यस तर्फ लाग्ने ब्यात्ति तथा समुहलाई प्रोत्साहन गर्ने निति पनि गाउपालिकाले लिएको । दिल वहादुर रम्तेल स्मृतिपार्क निर्माण सम्पन्न गरी जनयुद्धका शहिदहरुको नामावली लेखन, युद्ध संग्राहालय निर्माण संरक्षण र सम्वद्र्धन गर्ने, युवा उद्यम विकास कार्यक्रम संचालन गरी एक टोल एक युवा उद्यम समुह निर्माण गरी ब्यवासायिक लगानीमा ८० प्रतिशत ब्याज अनुदान दिने निति पनि गाउपालिकाले लिएको छ ।

लागु औष, जाडरक्सी, जुवातास जस्ता विकृति विसंगतिबाट युवालाई मुक्त गर्ने गरि चेतना मुलक कार्यक्रम संचाल गर्ने, गाउँपालिका भित्रका घरधुरी एकीन गरी गाउँपालिकाको सेवालाई प्रभावकारी रुपमा कार्यन्वयनका लागि घर नम्वर राख्ने कार्यक्रम संचालन गर्ने, अब्यवस्थित र असुरक्षित भवन र संरचनाहरु हटाइ मापदण्ड अनुसार बनेका भवन र संरचनाहरुको नक्सा पासको प्रत्रिया कार्यन्वयनमा ल्याउने, गाउपालिका भित्र संचालन हुन सक्ने साना जलविद्युत आयोजना संचालनका लागि थप संभाब्यता अध्ययन गर्ने, भूकम्पबाट भत्किएका केहि सामुदायीक तथा सार्वजनिक भवनहरु, विद्यालय, स्वास्थ्य चौकी,ऐतिहासीक धार्मिक तथा सास्कृतिक धरोहरको पुननिर्माण हुन वाकी रहेको र त्यसको पुननिर्माणको लागि विभिन्न स्रोतहरु जुटाइ तत्काल निर्माण सम्पन्न गर्ने, हाल निर्माण कार्य भइरहेको घ्याम्पेशाल, देउराली, ताकु, स्वारा,सौरपानी हुदै वारपाक सम्म जोड्ने सडकको कालोपत्रे गुणस्तरीय र समयमा गर्न समन्वय र सहकार्य गर्ने, गाउँ सडक गुरुयोजना निर्माण गर्ने, गाउपालिकाको सवै वडाहरुसम्म १२ महिना नै चल्ने गुणस्तरीय सडक स्तरोउन्नती गरी निर्माण गर्ने पनि गाउपालिकाले निति तथा कार्यक्रममा समेटेको छ । डढोले लगाउने संस्कृतिलाई निरुत्साहित गर्न आवश्यक दण्ड जरिवानाको नीति लिइने र त्यस्ता कार्य कोहि कसैले गरेको सुचना दिनेलाई पुरस्कृति गरिने, वन जंगलको संरक्षण र सदुपयोग गर्नका लागि जनेचतना अभिवृद्धि गर्ने खालको कार्यक्रम संचालनमा जोड दिने, वैदेशिक रोजगार सुरक्षित, मर्यादीत तथा ब्यवस्थित गराउन थप पहलगर्ने, गाउँपालिकावासीलाई विदेशमा काम लाग्ने सीप सिकाएर मात्रै वैदेशिक रोजागरीमा जाने वातावरण मिलाउने, त्यसका लािग सुरक्षित आप्रवासन कार्यक्रमलाई थप ब्यवस्थित गर्ने पनि गाउँपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda