सवारी ज्यान मुद्धामा एक जना पक्राउ

सवारी ज्यान मुद्धामा एक जना पक्राउ


बिहिबार, असार २१, २०८०


सवारी ज्यान मुद्धामा एक जना पक्राउ

गोरखाः सवारी ज्यान मुद्धामा एक जना पक्राउ परेका छन् ।
असार ८ गते शहिद लखन गाउपालिका–३ सिलिङमा कोटगाउँबाट पोखरीडाडा जन्ती लिएर जादै गरेको प्र ३–०१–०२३ च २४२७ नम्वरको जिप सडकबाट दुइ सय ५० मिटर खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको थियो । १२ जना घाइते भएका थिए । उत्त जिप चालक शहिद लखन गाउपालिका–३ का २६ वर्षिय दोष वहादुर थापा मंगलबार पक्राउ परेका हुन् । मृतकको आफन्तहरुबाट जाहेरी दरखास्त प्राप्त भएको वमोजिम सवारी चालकलाई पत्राउ गरि सवारी ज्यान कसुर शिर्षकमा मुद्धा दर्ता गरि अदालतबाट म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कर्तब्य ज्यानको अभियोगमा पालुङटार नगरपालिका–१ खोप्लाङका परशुराम सुनारलाई प्रहरीले पक्राउ गरेको छ । असार १५ गते राती खोप्लाङमा भाइकृष्ण सुनारले संचालन गरेको एस.एन.एस एकिकृत कृषि तथा पशुपक्षि फर्ममा काम गर्ने चितवन भरतपुर महा नगरपालिका–२० चन्द्रनगरका ३४ वर्षिय विशाल भन्ने आइतराम कामी टाउकोमा चोट लागि घाइते अवस्थामा फेला परेका थिए । फर्मका संचालक भाइकृष्ण सुनारले घाइते अवस्थामा फेला पारेका आइतरामलाई उद्धार गरि उपचारको लागि गोरखा मेमोरियल अस्पताल छेवेटार पु¥याएका थिए ।



थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगेकोमा उपचारका क्रममा आइतरामको असार १८ गते मृ्त्यू भएको थियो । उत्त घटनाको अनुसन्धानको क्रममा खोप्लाङका ५३ वर्षिय पर्शुराम सुनारले सामान्य वाद विवादको क्रममा दाउराले आइतरामको टाउकोमा प्रहरी गरी घाइते वनाएको खुलेको प्रहरीले जनाएको छ । सोहि चोटले आइतरामको उपचारको क्रममा मृत्यू मएको खुल्न आएकाले आफन्त मार्फत जाहेरी दरखास्त लिए असार १८ गते नै आरोपितलाई पक्राउ गरि कर्तब्य ज्यान कसुर शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda