धु्ुवाँकोटमा अस्थायी प्रहरी पोष्ट
धु्ुवाँकोटमा अस्थायी प्रहरी पोष्ट
गोरखाः पालुङटार नगरपालिका–८ धुवाँकोटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
स्थानीय माग वमोजिम हवल्दारको नेतृत्वमा ६ जना रहने गरि वुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । धुवाँकोटमा प्रहरी पोष्ट स्थापनाका लागि स्थानीयबाट पनि माग हुदै आएको थियो । स्थानीय, जिल्ला सुरक्षा समितिको पहल पछि प्रहरी पोष्ट स्थापना भएको हो । प्रहरी प्रधान कार्याल्यबाट स्वीकृत भएर आएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।