लायन्स क्लव अफ गोरखा तारानगरद्धारा वृक्षरोपण तथा विरुवा गोडमेल
लायन्स क्लव अफ गोरखा तारानगरद्धारा वृक्षरोपण तथा विरुवा गोडमेल
गोरखा : लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा तारानगरको संयुक्त आयोजनामा श्री रत्न राज्य मा।वि, गो।न।पा। १० विरेन्चोक गोरखामा वृक्षरोपण तथा विरुवा गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।
क्लवले अगिल्लो वर्ष रोपेको विरुवाहरुलाई गोडमेल गर्नुका साथै पहिले रोपेको ठाउमा मरेका विरुवाहरुको सट्टमा २१ बटा नयाँ विरुवा म्याग्नेट्रिक,अशोका, कपुर, धुपि, र पुलका विरुवाहरु विरुवा रोपिएको क्लवका सचिव विभोर कुमालले जानकारी दिए । क्लवका अध्यक्ष लायन सुनिल कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्री रत्नराज्य माध्यमिक विद्यालयका प्रधानाध्यपक श्री तेजबहादुर नेपाली, क्लवका संस्थापक अध्यक्ष लायन सुरेन लामिछाने, निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक ३२५ जे नेपाल जोन १० का जोन चियरपर्सन लायन यम बहादुर बसेल, क्लवका प्रथम उपाध्यक्ष लायन गणेश लियो क्लव अफ गोरखा तारानगरकाका संस्थापक अध्यक्ष तथा लियो जिल्ला परिषदु ३२५ जे नेपालका रिजन मनास्लुका रिजन कोडिनेटर लियो सुरज मालुबुल, लियोका अध्यक्ष लियो संजित आलेले शुभकामना मन्तव्य राखेका थिए । गत वर्ष रोपेको विरुवा मध्ये करिब ९० प्रतिशत विरुवा संरक्षण भएको र हुर्केको प्रधानाध्यपक नेपालीले बताए ।