सडक मर्मतका लागि आरुघाट गाउँपालिकाले राख्यो हेरालु
सडक मर्मतका लागि आरुघाट गाउँपालिकाले राख्यो हेरालु
गोरखाः ग्रामिण कच्चि सडक मर्मतका लागि आरुघाट गाउँपालिकाले सडक हेरालु राखेको छ ।
बर्खाको वेला सडकमा सवारी आउजाउमा सहजताका लागि सडक हेरालु राखिएको गाउँपालिकाले जनाएको छ । १५ जना हेरालुलाई अभिमुखिकरण दिएर परिचालन गरिएको हो । उनिहले नाला सरसफाई, खाल्डाखुल्डी पुर्ने, भल कटाउने, झाडी हाउने लगायतका काम गर्ने छन् । सडकमा सामान्य खाल्डा खुल्डी पर्दा पनि सवारी आउजाउमा पर्ने भएकाले त्यसको निराकरणका लागि सडक हेरालु राखिएको हो । उनिहरुलाई सडक मर्मत सभ्भारकालागि वेल्चा,गैची, कोदाली, जावेल, कराइ लगायतको आवश्यक सामाग्री पनि उपलब्ध गराइएको छ ।
सवारीको चाप हुने मुख्य सडकमा हेरालु राखिएको हो । गाउँपालिका, वडा कार्यालय र प्राविधिको निर्देशनमा मुख्य सडक मर्मतमा उनिहरु खटिने छन् । सडक हेरालु राखेपछि मुख्य सडकमा क्षति कम हुने र वाह्रै महिना सवारी आउजाउमा सहज वन्ने पनि गाउँपालिकाको विश्वास छ । साना भल पानी र पहिरोले क्षति पु¥याएको सडक पनि मर्मत पछि सवारी आउजाउमा सहज वन्ने विश्वास लिइएको छ ।