वी. पी. स्मृति दिवसको अवसरमा वृक्षारोपण
वी. पी. स्मृति दिवसको अवसरमा वृक्षारोपण
गोरखा ः ४१ औ बी.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस गोरखाले गोरखा नगरपालिका–५ स्थित चिल्ड्रेन पार्क क्षेत्रमा वृक्षारोपण गरेको छ ।
विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरिएको छ । कार्यक्रममा जिल्ला सभापति तथा गण्डकी प्रदेश सभा सदस्य नन्द प्रसाद न्यौपाने, पदाधिकारी, शुभेच्छुक लगायतको सहभागीता रहेको थियो । त्यस्तै वी.पी. स्मृति दिवसको अवसर पारेर धार्चे गाउपालिका–४ लाप्राक स्थित मणिकामा देवी परसरमा धुपीको विरुवा वृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेस धार्चे गाउँ कार्य समिति र वडा नम्वर ४ को वडा कार्य समितिको संयुत्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।