एक सय ७५ फरार प्रतिवादी पक्राउ

एक सय ७५ फरार प्रतिवादी पक्राउ


आइतवार, साउन ७, २०८०


एक सय ७५ फरार प्रतिवादी पक्राउ

गोरखाः जिल्ला प्रहरी कार्यालय गोरखाले गत आर्थिक वर्ष एक सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला अदालत बाट सजाय तोकिइ फरार रहेका अभियुत्त प्रक्राउका लागि प्रहरीले विशेष टोली परिचालन गर्दैै आएको छ । ९ महिला र १ सय ६६ पुरुष गरि १ सय ७५ जना पक्राउ गरिएको शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । उनिहरुबाट ४१ लाख ५१ हजार नौसय १३ रुपैया जरिवाना असुल भएको प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्ष फरार प्रतिवादीहरुको संख्या न्युन वनाउने लक्ष्य लिइएको पनि श्रेष्ठले बताए ।



गत अर्थिक वर्ष तिनसय ९ वटा मुद्धा दर्ता भएको श्रेष्ठले बताए । ति मध्ये १ सय २६ वटा फर्छौट भएको छ भने १८३ मुद्धा वाकी छ । सवै भन्दा वढी झुण्डीइ आत्महत्याका छन् । गत वर्ष ७१ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । अभद्र ब्यवहारका ४३,सार्वजनिक शान्ति विरुद्धको कसुरमा ३९, भबितब्य ज्यानका ३५, कर्तब्य ज्यानको ४, आत्महत्या दुरुत्साहनको १, विष खाएर आत्महत्याको ५, हामफालेर आत्महत्याको २, चोरी र लागुऔषधको ६÷६, जुवाको २, जवरजस्ती करणीको २०, बालयौन दुरुपयोगको २, जवरजस्ती करणी उद्योगको २, सवारी ज्यानको आठ, दोहोरो नागरिकताको १० वटा मुद्धा गत आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

गत आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालय गोरखामा एक हजार ६ सय ७४ वटा ठाडो निवेदन परेको थियो । सवै भन्दा वढी गोरखा नगरपालिका क्षेत्रबाट्र८ सय १३, पालुङटार नगरपालि क्षेत्रबाट दुइ सय ३४ वटा ठाडो निवदेन प्रहरीकोमा परेको छ । स्थानीय तह अन्तरगतको न्यायिक समतिमा जाने मुद्धा पनि प्रहरीमा दर्ता हुने गरेको उनले बताए । मानसिक स्वास्थ्य समस्याले सवैभन्दा वढी अपराधको घटना हुने गरेको विश्लेषण प्रहरीले गरेको छ। गैरसामाजिक क्रियाकलाप, मादक पदार्थ सेवन, रिसिइवी, पारिवारीक कलह लगायतका कारण अपराधका घटना घट्ने गरेको श्रेष्ठले बताए ।

मनास्लु पदमार्ग तथा मनास्लु हिमाल आरोहण गर्ने आउने पर्यटकको गतिविधि एवं अन्य अभिलेखिकराणमा समस्या परेको प्रहरीले जनाएको छ । लार्के पास गर्ने पदयात्री तथा हिमाल आरोहणका लागि आउने आरोहिहरु विरामी हुदा, हराउदा वा मृत्यू भएको खण्डमा खोजतलास तथा उद्धार गर्न जान प्रहरी सग प्रयाप्त उपकरणको अभाव रहेको पनि श्रेष्ठले बताए । उत्तरी क्षेत्रमा लामो सिमा रहेको र सीमा सुरक्षा पोष्टको अप्रयाप्तता रहेको, स्रोत सधान, प्रविधि एवं भौतिक संरचना अप्रयाप्ततालाई पनि प्रहरीले सुरक्षा चुनौतिमा राखेको छ । जिल्ला प्रहरी कार्यालय मातहत ५१ युनिट छन् ।

जिल्ला भर रहेको १ सय ७० वटा सिसि टिभिबाट निगारानी पनि वढाएको छ । गोरखा वजार, मनकामना, लक्ष्मिवजार, अवुवा मझुवा, ठाटीपोखरी, आरुघाट आर्खेत वजार क्षेत्रको सिसि क्यामेरा जडान गरिएको छ । स्थानीय तह तथा प्रदेश सरकारको सहयोगमा ा सवेदनशिल क्षेत्र छनौट गरि सिसि क्यामेरा जडान गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda