प्रेस चौतारीको अध्यक्षमा न्यौपाने
प्रेस चौतारीको अध्यक्षमा न्यौपाने
गोरखाः प्रेस चौतारी नेपाल, गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने निर्वाचित भएका छन् ।
शनिबार भएको पाँचौ वार्षिक साधारणसभा तथा विशेष अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुरेन्द्र थापा, महिला उपाध्यक्षमा स्वस्तीका बानियाँ, सचिवमा रविकिरण रेग्मी, कोषाध्यक्षमा अनिष घले तथा सदस्यहरुमा नजिरा मियाँ र दिपेश घले चयन भएका छन् ।
साधारणसभाको उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रिय सदस्य रामशरण वस्नेत, केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य रामकृष्ण ज्ञवाली,एमालेका गण्डकी प्रदेश कमिटि सदस्य कमल दानी लगायतले मन्तब्य राखेका थिए ।