एक लाख २३ हजारले संग्राहालयको अवलोकन गरे
एक लाख २३ हजारले संग्राहालयको अवलोकन गरे
गोरखा ः गत चालु अर्थिक वर्ष एक लाख २३ हजार सात सय ३१ पर्यटकले गोरखा संग्राहालयको अवलोकन गरेका छन् ।
अघिल्ला बर्षको तुलनामा गत आर्थिक वर्ष संग्राहालय अवलोकन गर्नेको संख्या वढेको हो । आर्थिक वर्ष २०७८÷०७९ मा ७६ हजार तिन सय २८ जनाले संग्राहालयको अवलोकन गरेका थिए । कोभिड महामारीका वेला संग्राहालय भ्रमण गर्नेको संख्यामा कमि आएको थियो । पछिल्ला दुइ वर्ष यता भने संग्रहालयमा आगन्तुक वढेको तथ्याङ्कले देखाउछ ।
गत आर्थिक वर्ष २०७९÷०८० मा ४३ हजार पाँच सय ७० विद्यार्थी, ७९ हजार दुइ सय ३१ नेपाली पर्यटक, सार्क राष्टका ७० जना विदेशी आठ सय ६० जनाले संग्राहालयको अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । संग्राहालयका प्रमुख नवराज अधिकारीका अनुसार काक्तिक महिनामा सवै भन्दा वढी १९ हजार तिन सय जनाले संग्राहालको अवलोकन गरे । साउनमा ६ हजार दुइ सय ७०, भदौमा ६ हजार ६ सय ६० जना, असोजमा ७ हजार तिन सय ८०, मंसिरमा १६ हजार १ सय ४३ जना, पौषमा १० हजार एक सय ५१, माघमा १० हजार ६ सय ६०, फागुनमा १० हजार ३४ जना आगन्तकु संग्राहालय पुगे ।
त्यस्तै चैतमा नौ हजार तिन सय १७ जना, वैशाखमा १२ हजार ९ सय ६३ जना,जेठमा ८ हजार नौ सय १ जना, असारमा ५ हजार नौ सय ३६ जनाले संग्राहालयको अवलोकन गरेका छन् । संग्राहालय आउने आगन्तुकबाट २६ लाख ७७ हजार चार सय ७५ रुपैया राजस्व संकलन भएको छ । संग्राहालय आउने विद्यार्थीबाट १०, नेपालीबाट २५, सार्क राष्टका पर्यटकबाट ५० विदेशीबाट एक सय प्रवेश शुल्क वापत लिने गरिन्छ । विद्यार्थीबाट मात्र चार सय ३५ हजार सात सय, नेपालीबाट १९ लाख ८० हजार सात सय ७५ तथा विदेशी बाट ८६ हजार राजस्व संकलन भएको छ ।
पछिल्लो वर्षहरुमा नेपाल एकिकरणको इतिहास वुझ्न शैक्षिक भ्रमण आउने विद्यार्थीको संख्या वढेको छ । असोज देखि मंसिर सम्म शैक्षिक भ्रमणको सिजन मानिन्छ ।