मोटरेवल पुल निर्माणले सहज
मोटरेवल पुल निर्माणले सहज
गोरखा ः गोरखा नगरपालिका–१२ दश किलो र पालुङटार नगरपालिका–९ मिरकोट जोड्ने दरौदली नदि माथिको मोटरेवल पुलबाट सवारी चल्न थाले सँगै स्थानीयलाई सहज वनेको छ ।
अवुवा भएर घुमाउरो बाटोको प्रयोग गर्नेहरुको दुरी पुलले छोट्टाएको छ । ४ महिना अघिबाट उत्त पुलबाट सवारी चल्न थालेको स्थानीयले बताए । पालुङटार नगरपालिका–९ को ढुङ्गेटारी, विर्दि शेरा लगायतका गाउँ जाने साना सवारी अहिले उत्त पुल भएर यात्रा गर्ने गरेको मिरकोटको अन्ज कुमालले बताए ।
‘अहिले साना मोटरसाइकल लगायतका साना सवारी धेरै चलेको छ, अवुवाबाट घुमेर जान भन्दा यो पुल भएर जान छोटो पर्छ,’ उनले भने । दश किलोबाट ढुङ्गेटारी सम्मको सडक स्तरोउन्नती र ढुङ्गेटारी नजिकैरहेको खारखोलामा पुल वने अझै सहज बन्ने स्थानीयको अपेक्षा छ ।
बर्खाको वेला खारखोला वढेको वखत साना सवारी आउजाउमा समस्या पर्दै आएको छ । तिन करोड ८० लाखको लागतमा ८० मिटर लम्वाइको पुल बनेको हो । मोटरेवल पुल नजिकै २०३८ सालमा वनको झोलुङ्गे पुलबाट यस अघि स्थानीय आउजाउ गर्दै आएका थिए ।