सेनेटरीप्याड सिलाई सम्बन्धि तालिम
सेनेटरीप्याड सिलाई सम्बन्धि तालिम
गोरखाः पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको सिलाई सम्वन्धि तालिम शुरु भएको छ । सहारा फाउडेसनको आयोजनामा भएको तालिममा ५२ जनाको सहभागीता रहेको छ ।
तिन दिन सम्म चल्ने तालिम गोरखा उद्योग वाणिज्य संघको सभाहलमा संचालित छ । प्याड सिलाई सम्बन्धि तालिम सुरु भएको छ । तालिम ५२ जना महिलाहरु सहभागिता भएका छन् । महिलाहरुले आफूले प्रयोग गर्ने प्याड आफैले उत्पादन गरी उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता र गोरखा उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम आइतबार उदघाटन कार्यक्रम भएको थियो ।