स्थानीय तहमा न्यायिक निरुपण हुन थालेपछि सहज वनेको छ ः पाण्डे
स्थानीय तहमा न्यायिक निरुपण हुन थालेपछि सहज वनेको छ ः पाण्डे
गोरखा ःमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनितिक विचार र आस्था भन्दा माथि उठेर न्याय निरुपण गर्न स्थानीय तहका न्यायिक समितिलाई अनुरोध गरेका छन ।
भिडबाट न्याय प्रभावित हुन नहुने उनले बताए । न्यायीक समितिका पदाधिकारीहरुको प्रथम जिल्ला भेलालाई सम्वोधन गर्दै स्थानीय तहमा न्यायिक समितिले न्याय निरुपण र मेलमिलापको काम गर्न थालेपछि सर्वसाधारण नागरिकलाई सहज वनेको उनको भनाइ थियो । न्यायिक समितिले न्याय सम्पादन गर्दा सामाजिक सञ्जाल हेरेर धारणा वनाउन नहुने उनले बताए । निस्पक्ष न्याय दिने ठाउँ भीडभाडबाट प्रभावित हुन नहुने उनले बताए । न्यायीक समितिका पदाधिकारीहरुको प्रथम जिल्ला भेला मंगलबार भएको हो ।
गोरखा नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मसली माया थोकरको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले भेलालाई साझा मञ्चको रुपमा विकास गर्दै लैजाने निर्णय गरेका छन । भेलालाई सम्वोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रत्येक स्थानीय न्यायिक समितिलाई कानुनमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको जनशत्ति उपलब्ध गराउने बताएका थिए । भेलाले उत्त जनशक्ति यथासिघ्र पदपुर्तीको लागि माग गरेको छ ।
न्यायीक समितिका पदाधिकारीको समिक्षा वैठक ६÷६ महिनामा वस्ने, बार्षिक भेला गर्ने, आगामी समिक्षा वैठक गण्डकी गाउँपालिकाले गर्ने, वार्षिक भेला पालुङटार नगरपालिकाले गर्ने, न्यायिक समितिको लोगोमा एकरुपता कायम गर्ने, हप्तामा कम्तिमा एक दिन इजालास वस्ने, इजलास वस्दाको पोषाकमा एकरुपता कायम गर्ने, न्यायिक समितिको लेटरप्याड, छाप र फाइलमा एकरुपता कायम गर्ने, सुचनामा एकरुपता कायम गर्ने, निवेदन प्रतिउत्तर दस्तुरमा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।