बाँदरले खाएको बाली नालीको अब क्षतिपूर्ति पाइने

बाँदरले खाएको बाली नालीको अब क्षतिपूर्ति पाइने


बिहिबार, साउन १८, २०८०


बाँदरले खाएको बाली नालीको अब क्षतिपूर्ति पाइने

सुरुवात ः देशभर मकै भित्राउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतंकबारे संसदमा समेत पटक–पटक आवाज उठिरहेको छ । यस्तै आतंकबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ ।

सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो । १ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिका अनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जंगली जनावरका कारण मानवीय, संरचना तथा बालीमा क्षति भए राहत दिने प्रावधान रहेको थियो । अब यसलाई विस्तार गर्दै १६ वटा जनावर पु¥याइएको हो ।



बालीमा क्षति पु¥याउँदा क्षतिपूर्ति दाबी गर्न पाइने जनावरको संख्या यसअघि ५ वटा रहेकोमा अब ७ पु¥याइएको छ । यसपटक बाँदर र नीलगाई पनि त्यो सूचीमा थपिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की देशैभर बाँदरका कारण बालीनालीमा क्षति पुग्दा कृषक पीडित बनेको गुनासोका आधारमा क्षतिपूर्ति हुने व्यवस्था गरिएको बताउँछन् ।

बाँदरका कारण भएको कस्तो क्षतिमा पाइन्छ राहत ?
बाँदरको आक्रमणबाट मानिस सामान्य घाइते, गम्भीर घाइते वा मृत्यु भएमा ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’को प्रावधान अनुसार सबै क्षतिपूर्ति पाइनेछ । अर्थात् वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार २० हजार क्षतिपूर्ति दिइने भएको हो । गम्भीर घाइते भएमा २ लाख रुपैयाँसम्म रकम दिने र २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च समेत अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने छ ।

अङ्रुगभङ्रुग भई जीवनभर शारीरिक रुपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जिविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ दिइने भएको छ । मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने छन् । गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिन भित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकम समेत पाउनेछन् ।

बालीमा क्षति गरे अधिकतम् १० हजारसम्म पाउने बाँदरले बालीनालीमा क्षति गरेमा समेत अब क्षतिपूर्तिका लागि दाबी गर्न सकिने छ । बालिको क्षति भएको हकमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्याङ्रुकनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने गरी निर्देशिकाले तोकेको छ । सरकारी तवरबाट बालीको बीमा गरेको अवस्थामा बालीको क्षतिको राहत उपलब्ध गराउँदा बीमाबाट प्राप्त रकम कटाएर मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । निजी जमिनमा लगाएको बालीमा बाँदरसहितका वन्यजन्तुले क्षति पु¥याएमा राहत माग्न पाइने भएको छ ।

कसरी दिने निवेदन ?
निर्देशिका अनुसार वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा माध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित कार्यालय र अन्य क्षेत्रको हकमा डिभिजन वन कार्यालयमा निवेदन दिन सकिन्छ । निवेदनबारे मूल्याङ्रुकन गरी एक महिनाभित्र सम्भव भएसम्म बैंकमार्फत नै राहत रकम उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda