७० प्रतिशत खेतमा धान रोपाइ
७० प्रतिशत खेतमा धान रोपाइ
गोरखा ः धान रोपाइ हुने मध्ये ७० प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
यस बर्ष राम्रो वर्षाद नहुँदा भनेजती रोपाइ हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताउ । ‘बर्षाद राम्रो नहुदा रोपाइ प्रभावित वनेको छ, यो वर्ष मुलफुट्ने गरेर पानी नै परेन,’ उनले भने,‘गैरी खेतमा रोपाइ भएपनि आकाशे पानीको भरमा रोपाइ हुने टारी खेतमा रोपाइ हुन सकेको छैन ।’
वढी मात्रामा पालुङटार र गण्डकी गाउँपालिका क्षेत्रका टारी खेतमा रोपाइ हुन नसकेको उनले बताए । साउन अन्तिम सम्म अव वाकी १० प्रतिशत खेतमा रोपाइ हुनसक्ने कार्यालयको अनुमान छ । ‘विशेष गरि साउन २५ सम्म रोपाइ गरिन्छ, यो वर्ष केहि ढिला भयो भने दुइ चार दिन उता जाला,’ उनले भने । प्रयाप्त वर्षाद नहुँदा ब्याडको विउ छिप्पीएर खेर जान थालेको उनले बताए । यस वर्ष मनसुन सँगै लम्पीस्कीनका कारण गोरु विरामी पर्दा रोपाइ प्रभावित वनेको छ ।
जिल्लाको १२ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा वर्खे धान खेती हुदै आएको छ । धान खेतिको पकेट क्षेत्र मानिने दरौदी, भुसुण्डे, जरेवर, चेफे फाँटका किसानहरु यतिखेर रोपाइमा ब्यस्त छन् । मकै र जुडि भित्राएपछि केहि खेतमा भने असार २० पछि रोपाइको चटारो शुरु हुन्छ । जिल्लाको सात सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेति हुूदै आएको छ । जिल्लाका किसानले सावित्रि, मकवानपुर १, रामधान, महाराजा, हर्विनाथ १, सुख्खा ३, नेपाली हाइव्रिट जातका धान लगाउने गर्छन् ।