फैलियो आँखा पाक्ने रोग, कसरी बच्ने ?

फैलियो आँखा पाक्ने रोग, कसरी बच्ने ?


शनिबार, साउन २०, २०८०


फैलियो आँखा पाक्ने रोग, कसरी बच्ने ?

सुरुवात ःकेही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।

सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी आँखा जचाउन आउनेगरेका छन् । अस्पतालका प्रमुख तथा नेत्ररोग विशेषज्ञ डा. मनिष खतिवडाका अनुसार यसभन्दा अगाडि दैनिक २ सय बिरामी आउने गरेकामा पछिल्ला दिनमा बिरामी तीन गुणासम्मले बढेका हुन् । ‘आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका छन् । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको छ’, डा. खतिवडाले भने, ‘बढीजसो बालबालिका र युवामा समस्या देखिएको छ ।’ उनका अनुसार बिरामीको संख्या अत्याधिक बढेकाले आँखा पाकेका बिरामीलाई मात्रै छुट्टै जाँच गर्ने व्यवस्था मिलाइएको छ ।



हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन । ‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा प¥यो भने पनि आँखा पाक्ने समस्या हुन्छ ।’
कस्ता लक्षण देखिन्छन् ?

डा. अडिगाका अनुसार य रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जान सक्छ’, डा. अडिगाले भने, ‘आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना हुन्छ ।’ आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ । चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ ।

आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ । ‘बिहान उठ्दा आँखाका परेला टाँसिन सक्छ र, अरु बेला भन्दा अलि धेरै कचेरा वा चिप्रा लाग्ने समस्या पनि हुन्छ । कचेरा वा चिप्राचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ’, डा. पोखरेल भन्छन्, ‘कसैकसैमा चाहिँ रेशाजस्तो तन्किने खालको पनि हुनसक्छ । यो कुन खालको हुन्छ भन्नेचाहिँ कुन कारणले गर्दाखेरि आँखा पाकेको हो त्यसले फरक पार्छ ।’ डा. अडिगाका अनुसार आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ । ‘पानी पर्ने र रोकिने भइरहेका बेला हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । यस्तो बेलामा भाइरस बढी संक्रामक हुनजान्छ’, उनले भने ।
कसलाई बढी जोखिम ?

चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ । विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । ‘तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ’, डा. पोखरेल भन्छन् ।
कसरी बच्ने ?

चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ’, पोखरेलले भने । डा. अडिगा भने आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda