यु–१६ युनिटि लिग अन्तरगत दुइ खेल
यु–१६ युनिटि लिग अन्तरगत दुइ खेल
गोरखा ः हिल्ली फिल्डर्स गोरखा एफसी, हरमटारी क्लव, सुर्योदय युवा परिवार र अलस्टार क्लवको संयुत्त आयोजनामा भएको यु–१६ युनिटी लिग फुटवल अन्तरगत दुइ खेल सम्पन्न भएका छन् ।
प्रतियोगीताको दोस्रो राउण्ड अन्तरगत रवर उद्योग खेलकुद मैदानमा अलस्टार र हरमटारी विच प्रतियोगीताममा अलस्टार क्लवले २ र हरमटारी क्लवले तिन गोल गरेको छ । अलस्टारका लागि अविशेक थापा र विशेष थापाले १÷१ तथा हरमटारी समिर गुरुङ, तुसार आले र मनोज गुरुङले १÷१ गोल गरे । त्यस्तै हिल्ली फिल्डर्स गोरखा एफ सी र सुर्योदय युवा परिवार विच भएको खेलमा सुर्योदयका अविन भुलेल र सगम कुमालले १÷१ गोल गरे ।
प्रतियोगीतामा प्रत्येक हप्ताको शनिबार हुने छ । प्रथम हुने टिमले २० हजनार नगद सहित टूफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।