बार्षिक उत्सवको अवसरमा ५० जनाको निशुल्क मुटु परिक्षण
बार्षिक उत्सवको अवसरमा ५० जनाको निशुल्क मुटु परिक्षण
गोरखा ः गोरखा नगरपालिका–७ को अर्याल मेडिकल अलको ३३ औँ वार्षिक उत्सवको अवसरमा ५५ जनालाई निशुल्क मुटुरोग परिक्षण गरिएको छ ।
मुटुरोग विशेषज्ञ पुरन गुरुङको उपस्थितिमा मुटु रोग परिक्षण गरिएको थियो । शनिबार २० प्रतिशत छुटमा प्रयोगशाला, भिडियो एक्सरे, इसीजी सेवा पनि उपलब्ध गराइएको संचालक विनोद अर्यालले जानकारीदिए । २० प्रतिशत छुटमा ४५ जनाले सेवा लिएका थिए । त्यस्तै आइतबार पदेलिमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा डा. विनोद दवाडीको उपस्थितिमा ६५ जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।
बार्षिक उत्सवकै अवसरमा मेडिकल हलमा कार्यरत फार्मेसी सहायक रक्षा वयलकोटीलाई सम्मान समेत गरिएको अर्यालले जानकारी दिए ।