तेस्रो गाईजात्रा रमाइलो मेला हुने
तेस्रो गाईजात्रा रमाइलो मेला हुने
गोरखा ः अनाथ, असहाय, अपाङ्गता भएका वात्रलवालिकालाई स्वास्थ्य तथा शैक्षिक सामाग्री सहयोगका लागि रमाइलो गाईजात्रा मेला हुने भएको छ । लियो क्लव अफ गोरखाको आयोजना तथा लाइन्स क्लव अफ गोरखाको समन्वयमा भदौ ९ गते रमाइलो मेला तथा विविध सास्कृतिक कार्यक्रम हुन लागेको हो ।
गोरखा नगरपालिका ६ रानीपोखरीमा हुने मेलामा गायक खेम सेन्चुरी, हरेराम परियार, निर्जला गुरुङ, हास्यकलाकार अमिस उपरकोटी तथा स्थानिय कलाकारको प्रस्तुती रहनेछ । मेलाका लागि ६ लाख खर्च लाग्ने अनुमान छ । आयोजक लियो क्लवले सोमबार पत्रकार सम्मेलन गरी मेलामा झाँकी प्रर्दशनी लाखे नाच, टाकटुके नाच, धिमे बाजा, भेषभुषा प्रर्दशनी हुने जानकारी गराएको छ ।
लियो क्लवका अध्यक्ष मोहन श्रेष्ठले मेलामा प्रवेशका लागि एक सय देखि एक हजार सम्म प्रबेश शुल्क रहेको जानकारी गराएको थिए । मेलामा पाँच सय जनाले अवलोकन गर्ने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए । सोमबार भएको उत्त कार्यक्रमको अवसरमा लियो एड्भाइजर चन्दनबाबु खत्रीले दश हजार रुपैया क्लवलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा क्लवका पूर्व अध्यक्ष बालकृष्ण परियार, पत्रकार महासंघका सचिब विकास मरहट्टा, तेस्रो रमाइलो गाईजात्रा मेलाका कार्यक्रम संयोजक समिर तामाङ लगायतले आ–आफ्नो धारण राखेका थिए ।