आज दिनभर पानी पर्ने
आज दिनभर पानी पर्ने
नेपालमा आज दिनभर पानी परेको छ। नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउमा मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेशका धेरै वर्षा हुने सम्भावना रहेको छ।
गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।