असोज २३ देखि लोकदोहोरी महोत्सव हुने
असोज २३ देखि लोकदोहोरी महोत्सव हुने
गोरखा ः असोज २३ गते देखि कात्तिक ३ गते सम्म गोरखा सदरमुकाममा वृहत लोकदोहोरी महोत्सव हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला कार्यसमिति गोरखाको आयोजनामा दशै लगायतका चाडपर्वलाई लक्षित गरेर पहिलो पटक लोकदोहोरी महोत्सव आयोजना गरिएको हो । महोत्सवको अवसरमा राष्ट्रिय स्तरको दोहोरी प्रतियोगीता हुने छ । प्रतियोगीताका विजेतलाई एक लाख ११ हजार एक सय ११ रुपैया नगद पुरस्कारको ब्यवस्था गरिएको छ । उपविजेतालाई ५५ हजार पाँच सय ५५ रुपैया पुरस्कार पाउने छन् । जिल्लाको ११ वटै पालिकाको पालिका स्तरीय लोक दोहोरी प्रतियोगीता पनि हुने महोत्सव ब्यवसथपन समितिका संयोजक शिव केशीले जानकारी दिए ।
पालिका स्तरीय प्रतियोगीताको विजेतलाई ५० हजार पाँच सय ५५ र उपविजेतलाई २५ हजार ५ सय ५५ रुपैया पुरस्कार दिइने छ । जिल्लाका ११ वटै पालिकामामा प्रचलनमा रहेको पुरानो सस्कृतिको पनि प्रदर्शन गरिने छ । ‘चुट्का, भजन, मारुनी नाच जस्ता पालिकाहरुमा प्रचलनमा रहेका विधाहरु महोत्सवमा प्रस्तुत हुन्छ,’ उनले भने । लोप हुन लागेको संस्कृतिको प्रदर्शनी गर्ने उत्कृष्ट पालिकालाई १५ हजार र उपविजेतलार्य १० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
महोत्सवको अवसरमा गोरखा ५५ रुपैयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ । महोत्सवमा लोकदोहोरी क्षेत्रमा चर्चा कमाएको इन्द्रेणीका कलाकारहरुको पनि प्रस्तुती रहने केसीले जानकारी दिए । मरिचमान श्रेष्ठ‘बल्छी धुव्रे’ लगायतका हास्य कलाकारहरुको पनि प्रस्तुती रहने छ । कृषि र भेटेरेनरी सँग समन्वय गरि जिल्लाका कृषि उपज पनि प्रदर्शनमा राख्ने आयोजकको योजना छ । महोत्सवमा १ सय ५० वटा स्टल रहने केसीले बताए । बालउद्यान लगायतका मनोरञ्जनका सामाग्री पनि महोत्सवमा रहने छन् । गोरखा बजार क्षेत्रमा कपडा तथा फेन्सी पसल संचालन गरिरहेका ब्यवसायीलाई स्टलमा प्राथमिकता दिने पनि केसीले बताए । महोत्सवको एक लाख वढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवमा ५१ लाख वरावरको कारोवार हुने र वचेको रकम शाखाको भवन निर्माणमा खर्च गर्ने योजना वनाइएको छ । गोरखा नगरपालिका–९ मा लोक दोहोरी प्रतिष्ठानको नाममा ८ आना जग्गा खरिद गरिएको छ । महोत्सवमा असहाय, जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । अन्यलाई पनि एक सय रुपैया प्रवेश शुल्क लिइने छ । महोत्सव संचालनका लागि १३ वटा उपसमिति पनि निर्माण गरिएको प्रतिष्ठान गोरखा शाखाका अध्यक्ष हरेराम परियारले बताए ।
मेला ब्यवस्थापनका लागि पाँच जनाको सचिवालय निर्माण गरिएको छ । शिव केसी, मिना गुरुङ, हरेराम परियार, काजीवावु अर्याल, रामचन्द्र अर्याल रहने गरि सचविालय गठन गरिएको हो । महोत्सव वारे प्रतिष्ठानको ७७ वटै शाखालाई जानकारी गराइएको र केन्द्र सँग समन्वय गरि कार्यक्रम गर्न लागिएको आयोजकले मगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।