अपाङ्गता भएका दाजु वहिनीलाई घरमै नागरिकता
अपाङ्गता भएका दाजु वहिनीलाई घरमै नागरिकता
अपाङ्गगता भएका दुइ जनालाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले विहिबार गोरखा नगरपालिका–१० छेवेटारका २२ वर्षका विप्लव धिताल र १९ वर्षका वन्दना धितालाई नागरिकता प्रदान गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना नेतृत्वको टोलीले नसाको समस्याका कारण हिडडुल गर्न नसक्ने दाजु वहिनिलाई घरमै नागरिकता उपलब्ध गराएको हो । वोकेर सदरमुकाम सम्म पु¥याउन नसक्दा यस अघि नागरिकता प्राप्त गर्न नसकेको उनका बुवा वेद प्रसाद धितालले बताए । घरमै आएर नागरिकता उपलब्ध गराउदा खुसी लागेको उनको भनाइ छ । ‘हड्डी लुलो धेरै अस्पताल लगँे, वच्चाहरु हिड्न सक्दैनन, खाना खान र हिडडुल गर्न पनि समस्या छ,’ उनले भने,‘ साहारा विना केहि गर्न सक्दैनन, यस्तो वच्चा लिएर गोरखा वजार जान पनि गाह्रो थियो ।’नागरिकता वनेसँगै वैक खाता लगायतका कागजपत्र वनाउन सहज वन्ने उनको विश्वास छ । प्रशासन कार्यालयले यस अघि पनि पालुङटार स्थित आपपिपलको अपाङ्गता भएकी २७ वर्षिय एक महिलालाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । प्रशासन सम्म आउन नसक्ने अपाङ्गगता भएका ब्याक्तिलाई सहजताका लागि वडा कार्यलयको सिफारिस लगायत आवश्यक कागजपत्रका आधारमा परिवारको सदस्यबाट सनाखत गरि घरमै पुगेर नागरिकता प्रदान गर्ने गरिएको प्रशासनले जनाएको छ । शारिरीक रुपमा पुर्ण असक्त रहेकाहरुलाई नागरिकताबाट बन्चित नहुन भनेर घरमै पुगेर सेवा दिने गरेको सहप्रजिअ रानाले बताए ।