नेविसंघको कार्यवाहक अध्यक्षमा तिमल्सीना
नेविसंघको कार्यवाहक अध्यक्षमा तिमल्सीना
गोरखा ः नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिवहरी तिमल्सीनाले पाएका छन् । उपाध्यक्ष समेत रहेको तिमल्सीनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौँ संसोधन २०७५ वमोजिम अध्यक्षको सम्पुर्ण अधिकारी प्रयोग गर्नें गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।