पहिरोले एक घरमा क्षति, दस घर जोखिममा
पहिरोले एक घरमा क्षति, दस घर जोखिममा
गोरखा ः चुमनुव्री गाउपालिका–७ छेकम्पार स्थीत झोङ गाउँका वस्ती पहिरोको जोखिममा परेको छ ।
वस्ती माथिबाट खसेको पहिरो सहितको लेदो १० वटा घर भित्र पसेको छ । पहिरो सहितको लेदोले घर भित्रका खाद्यान्न तथा लक्ताकपडाहरुमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष निमा लामाले बताउ । खेतिवारीमा समेत पहिरोले क्षति पु¥याएको लामाले जानकारी दिए । त्यस्तै चुमनुव्री गाउपालिका– ६ चुम्चेत स्थित लाक्पा लामाको घरमा आगोलागी बाट क्षति पुगेको छ ।
आगोलागीका क्षतिवारे प्रहरी र जनप्रतिनिधिले मुचल्का तयार गर्न भनिएको छ । त्यस्तै वडा नम्वर ६ कै ताजुका नाङ्गा छिरिङको घरमा विहिबार रातीको पहिरोले क्षति पु¥याएको छ ।