खानीगाउँका ३२ घर जोखिममा
खानीगाउँका ३२ घर जोखिममा
जमिन धसिने र चिरा पर्दा धार्चे गाउँपालिका–७ खानीगाउँको ३२ घर जोखिममा परेका छन् ।
केहि घर धुरी विस्थापित समेत वनेका छन् । केहि दिन अघिको वर्षादले घरभित्रै चिरा पर्न थालेको धार्चे गाउपालिका–७ का वडा अध्यक्ष राकेश गुरुङले बताए । भूकम्प पछि खानीगाउँ वस्तीमा धाँजा फाट्ने समस्या देखिन थालेको हो । ‘घर भित्रै चिरा पर्ने, ढोका लगाउन नमिल्ने, धसिदै जाने भएपछि केहि घर धुरी विस्थापित भएका छन्,’ उनले भने । घरमा वस्न अयोग्य भएपछि १२ घर धुरीलाई गाउँपालिकाले त्रिपाल समेत वितरण गरेका थियो । विस्थापित केहि घर धुरी गोरखनाथ आधारभुत विद्यालय नजिकै त्रिपाल टागेर वसेका छन् । केहि भने आफन्तको घरमा शरण लिन पुगेका छन् । निन्रतरको पानीले जमिनमा चिरा परेपछि घरहरु जोखिममा परेका हुन् । जोखिममा परेकोे खानीगाउँ वस्तीमा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ नेतृत्वको टोलीलले स्थलगत अध्ययन गरि त्रिपाल समेत वितरण गरेको छ । घर भित्रको जमिनमा चिरा परेपछि दिउसो घरमै वस्ने र वेलुका आफन्तको घरमा गएर सुत्नुपर्ने बाध्यतामा पनि स्थानयि छन् । ३२ वटै घर भित्र चिरा परेको अनुगमन टोलीले जनाएको छ । घर नढलेपनि घर भित्र वस्न जोखिम छ । त्यस्तै चुमनुव्री गाउँपालिकालिका–३ सिर्दिवास स्थित जगत टैचेका दुइ घर पनि पहिरोको जोखिममा परेका छन् । घर मुनीबाट पहिरो जान थालेपछि दुइ घर जोखिममा परेका हुन् ।