चुमनुव्रीमा सिसाजन्य सामाग्रीमा प्रतिवन्ध
चुमनुव्रीमा सिसाजन्य सामाग्रीमा प्रतिवन्ध
गोरखा ः चुमनुव्री गाउँपालिकाले सिसाजन्य सामाग्रीमा प्रतिवन्ध लगाउने भएको छ ।
भदौ मसान्त भित्र सिसाजन्य सामाग्रीहरुको वैकल्पीक ब्यवस्था गर्न उद्योगी, ब्यपारी, ब्यवसायी तथा आम सर्वसाधारणलाई गाउँपालिकाले अपिल गरेको छ ।
चुमनुव्री गाउँपालिकालाई सिसामुक्त वनाई सफा र सुन्दर गाउँपालिका निर्माणको अभियानमा सहयोगका लागि पनि गाउपालिकाले आग्रह गरेको छ । सिसाजन्य सामाग्रीले वातावरणमा पार्न सक्ने असरलाई मध्यनजर गर्दैै प्रतिवन्ध लगाउन लागिएको हो ।