खानीगाउँका स्थानीयलाई त्रिपाल वितरण
खानीगाउँका स्थानीयलाई त्रिपाल वितरण
गत साता वस्ती भित्र धाँजा फाटेर जोखिम वढेपछि विस्थापित वनेका धार्चे गाउँपालिका–७ खानीगाउँ वस्तीका स्थानीयलाई त्रिपाल वितरण गरिएको छ ।
खानीगाउँ वस्ती सँगै लापुवेशी स्थित प्रभातकिरण माध्यमिक विद्यालयमा समेत त्रिपाल वितरण गरिएको छ । वडा सदस्य पन्दुर गुरुङ र दिनेश गुरुङले मंगलबार स्थानीयहरुलाई त्रिपाल हस्तान्तरण गरे । वस्ती भित्र धाजाँ फाट्ने, गारोहरु चिरिएर जोखिमले खानीगाउँका ३२ घर धुरी प्रभावित छन् । केहि दिन अघि पनि खानीगाउँमा १२ घर धुरीलाई धार्चे गाउँपालिकाले त्रिपाल वितरण भएको थियो । मंगलबार थप त्रिपाल वितरण गरिएको हो । खानीगाउँको गैरीगाउँ टोल र काफलपाखा वस्तीका ३२ घर भित्र धाजाँ फाटेपछि केहि स्थानीय त्रिपाल मुनी वसेका छन् भने केहि आफन्त र छिमेकीको घरमा शरण लिएर वसेका छन् ।