घट्यो वैदेशिक व्यापार

घट्यो वैदेशिक व्यापार


बिहिबार, भदौ ७, २०८०


घट्यो वैदेशिक व्यापार

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर रु एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो । तथ्यांकानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरण
अनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आवको सुरुको महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा रु १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४८ प्रतिशत रहेको छ ।



एक खर्ब १५ अर्बको व्यापार घाटा
विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर रु एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा रु एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार थियो ।

आयातमा सबैभन्दा बढी डिजेल
मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्यांकानुसार एक महिनामा रु सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा रु पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
निर्यातमा सबैभन्दा बढी अलैँची नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा रु ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्यांक छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda