२७ जनामा डेङ्गु र ७ जनामा स्क्रव टाईफसको संक्रमण
२७ जनामा डेङ्गु र ७ जनामा स्क्रव टाईफसको संक्रमण
जिल्लाको २७ जनामा डेङगु र ७ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकाको २५ जना र शहिद लखन गाउँपालिकाको दुइजनामो डेङगुको संक्रमण देखिएको हो । साउन महिला लागे यता डेङगुका संक्रमित भेटिएका हुन् ।
पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने हुँदा डेङ्गुको जोखिम वढेको छ । डेङ्गुले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गु सङ्क्रमणबाट जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ । त्यस्तै गोरखा नगरपालिकाका ७ जना स्क्रव टाईफसको संक्रमण देखिएको छ । चिकित्सकका अनुसार यो रोग मुसा तथा झाडीमा मुसाले छोड्ने माइट किर्ना (ओरन्सिया सुसुगामी) नामक जीवाणु शरीरभित्र प्रवेश गरेमा यो रोगको संक्रमण हुन्छ । मुसाले छोडेको झाडी तथा ठाउँमा यो किर्ना हुने भएकाले किसानहरु र कच्ची घरमा बस्ने मानिसहरु बढी जोखिममा हुन्छन् र यो समूह सचेत हुनुपर्छ । यो रोगको संक्रमणबाट बच्नका लागि किसानहरु खेतबारीमा जाँदा बुट या पन्जाको प्रयोग गर्ने र पुरा बाहुला भएको लुगा लगाउने र जथाभावी झाडी या भुइँमा नसुतेमा किर्ना छालामा टाँसिन पाउँदैन। किर्ना नटाँसिए कीटाणुको संक्रमण हुन पाउँदैन ।