देउराली भञ्ज्याङमा सडक भासियो
देउराली भञ्ज्याङमा सडक भासियो
शहिद लखन गाउँपालिका–७ वुंकोट स्थित देउराली भन्ज्याङमा सडक भासिएको छ । लगातारको वर्षाद पछि गोरखा–वुंकोट– नामजुङ खण्ड अन्तरगत देउराली भञ्ज्याङमा सडक भासिएर जोखिम वढेको हो ।
सडक भासिएपछि आतजावतका लागि पनि समस्या थपिएको शहिद लखन गाउपालिका–७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए । पुर्वाधार कार्यलय सँग समन्वय गरि प्राविधिक टोली बोलाएर स्थलत अध्ययन समेत भएको उनले बताए । ‘मर्मत कार्य छिट्टै अघि वढाउने तयारीमा छौँ,’ उनले भने,‘अस्थायी म
र्मतका लागि आज रोडबाट केहि माटो निकाल्यौ ।’ पुर्वाधार कार्यालयले केहि दिनमा मर्मतको तयारी समेत गरेको छ ।
करिव ३५ मिटर सडक भासिएर जोखिम वढेको उनले बताए । लगातारको वर्षादले सडकको ग्याविनलाई पनि क्षति पु¥याएको छ । अहिले मुस्कीलले एकतर्फी रुपमा सवारी संचालन भइरहेको उनले बताए ।