कर्मचारी मिलन केन्द्रको अध्यक्षमा आचार्य
कर्मचारी मिलन केन्द्रको अध्यक्षमा आचार्य
कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।
शनिबार भएको अधिवेशनबाट आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष आचार्य शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख हुन् । समितिका उपाध्यक्षमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमाल, सचिवमा जिल्ला निर्वाचन अधिकारी टेक वहादुर कोइराला, सहसचिवमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत महेष पौडेल, कोषाध्यक्षमा गोरखा नगरपालिकाको सामाजिक विकास शाखाका अधिकृत अम्विका घिमिरे चयन भएका छन् ।
सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चुडानिधि तिवारी, गोरखा अस्पतालका जनस्वास्थ्य अधिकृत कृष्ण ढकाल, गोरखा नगरपालिकाका अधिकृत चेतनाथ अंगाइ, कृषि विकास वैकका प्रवन्धक लेस कुमार श्रेष्ठ, धार्चे गाउपालिकाका अधिकृत काजिमान सुनार, जिल्ला हुलाक कार्यलयका प्रमुख विनोद गैरे चयन भएका छन् । शनिबार भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।