वाह्रकिलोमा एक युवा मृत भेटिए
वाह्रकिलोमा एक युवा मृत भेटिए
गोरखा ः पालुङटार नगरपालिका–१ खोप्लाङका अन्दाजी ३५ वर्षिय अर्जुन नेपाली मृत भेटिएका छन् ।
गोरखा नगरपालिका–११ स्थित वाह्रकिलोमा सोमबार उनी मृत अवस्थामा भेटिएका हुन् । खसी वोका संकलन केन्द्रका लागि वनाइएको भवन भित्र एक युवाको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सोमबार नै मृतकको पहिचान गरि शव पोष्टमाटमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।