अस्पतालबाट गत वर्ष ८० हजारले सेवा लिए
अस्पतालबाट गत वर्ष ८० हजारले सेवा लिए
गोरखा ः गोरखा अस्पतालले वच्चाहरुको सर्जिकल समस्याको पनि शल्यक्रिया सेवा शुरु गरेको छ ।
साउन ३२ गते वारपाक सुलिकोट गाउँपालिकाको ६ वर्षिय र भदौ ५ गते गोरखा नगरपालिकाको ३ वर्षिय वालकको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालले आर्थिक वर्ष २०७९÷०८० मा हाडजोर्नी र स्त्रीरोग सम्वन्धी शल्यक्रिया सेवा पनि सुचारु गरिएको थियो ।
अस्पतालका अनुसार गत आर्थिक वर्ष १ सय ३१ जनाको मेजर अप्रेसन, ८६ जनाको इन्टरर्मेडिएट अप्रेसन, ५ सय २५ जनाको माइनर अप्रेसन, १७० जनाको सिजरियन सेक्सन गरी ९ सय १२ जनाले शल्यक्रिया सेवा लिएका छन् । गत आर्थिक वर्ष ८० हजार १ सय २६ जनाले गोरखा अस्पतालबाट सेवा लिएका छन् ।
ओपिडि सेवा ६९ हजार एक सय ४८ जना, आकस्मिक सेवा १० हजार नौ सय ७८ जना, अतंरग सेवा दुइ चार सय ६३ जना, फिजियोथेरापी सेवा एक हजार आठ सय ५८ जना, सामाजिक सुरक्षा र जेष्ठ नागरिक सेवा एक हजार चार सय ६६ जना, ओसिएसि सेवा ३५ जना, नवजात शिशु विशेष उपचार सेवा ७६ जनाले र ७ सय २२ जनाले सुत्केरी सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा एक हजार एक सय ३२ जना रेफर भएका छन् । जसमा मुटुरोग, मृगौला रोग, क्यान्सर, हाडजोर्नी सम्वन्धि शल्यक्रिया सेवा लिनेहरु छन् । भूकम्प पछि सुविधासम्पन्न अस्पताल भवन निर्माण भएसँगै अस्पतालले सेवा विस्तार गरेको छ ।