मनकामना डाँडामा बन्दैछ चारतारे रिसोर्ट

मनकामना डाँडामा बन्दैछ चारतारे रिसोर्ट


बिहिबार, भदौ १४, २०८०


मनकामना डाँडामा बन्दैछ चारतारे रिसोर्ट

सुरुवात ः धार्मिक पर्यटकीय गन्तव्य मनकामना मन्दिर डाँडामा चारतारे रिसोर्ट निर्माण भइरहेको छ । मनकामना पुग्ने दर्शनार्थीलाई लक्षित गर्दै ‘चितवन को–ई नेपाल प्रालि’ ले मन्दिर छेउमै रिसोर्ट बनाइरहेको हो ।

चितवन को–ई नेपालको सहायक कम्पनी मनकामना केबलकार प्रालिले यहाँ पहिल्यैदेखि केबलकार चलाइरहेको छ । हालसम्म रिसोर्टको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । ‘लामो समयदेखि मनकामना धार्मिक गन्तव्यका रूपमा मात्र परिचित छ । अब पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्न लागि परेका छौं ।



पर्यटकको बसाइ लामो बनाउने कोसिस गरिरहेका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘यसमा रिसोर्टले नयाँ आयाम थप्ने छ । स्थानीय संस्कृति र उत्पादनहरू देखाउने कार्यक्रम गर्ने पनि योजना छ ।’ उनका अनुसार यो रिसोर्ट निर्माण सुरू भएको पाँच महिना भयो । सन् २०२४ अन्त्यसम्म सञ्चालनमा आउने छ । सञ्चालनसँगै मनकामना दर्शनका लागि पुग्ने पर्यटकले ’टप स्टेसन’ मै स्तरीय रिसोर्टमा बस्रुन पाउने छन् ।

‘दर्शनार्थी र पर्यटकहरू कुरिनटारमा बसेर मन्दिर दर्शन गर्न पुग्छन् । रिसोर्ट सञ्चालनमा आएपछि त्यस्तो बाध्यता हट्ने छ,’ श्रेष्ठले भने, ’केबलकारबाट ओर्लिनासाथ मन्दिर र रिसोर्ट जाने प्रवेशद्वार हुन्छ । यात्रीले आफ्नो सामान रिसोर्टमा राखेर मन्दिर र वरपर घुम्न जान पाउने छन् ।’ नौ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको मुख्य विशेषता भनेको कोठा नै हो । पाँचतले रिसोर्टको एक तलामा ८ वटा कोठा हुने छन् ।

मनकामनाको डाँडामा रहेको यो रिसोर्टका हरेक कोठाबाट चारैतिरका दृश्य देखिन्छ । रिसोर्टमा कुल ४० वटा कोठा हुने छन् । ती सबै डिलक्स हुन् । विशेषगरी दर्शनार्थीका लागि लक्षित गरेकाले कोठाहरू एकै खाले बनाइएको उनले बताए । रिसोर्टमा एक रात बस्न एउटा कोठाको १० हजार रूपैयाँसम्म लाग्नेछ । यसमा बेड र ब्रेकफास्ट हुनेछ । ‘यहाँ परिवार र साथीभाइ सँगै बस्न मिल्ने कोठा हुनेछन्,’ उनले भने ।

शारीरिक रूपमा अशक्तहरूका लागि लक्षित गरिएको रिसोर्ट बाहिर, कोठा र शौचालय अपांगमैत्री हुनेछ । यस्तै रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा हुनेछ । स्विमिङ पुल एक तलामाथि हुनेछ जहाँबाट हिमालका दृश्यहरू अवलोकन गर्न पाइन्छ । रिसोर्टमा मल्टिकुजिन रेस्टुरेन्ट हुनेछ । निर्देशक श्रेष्ठका अनुसार रिसोर्टमा नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना पाइने छ । कम्पनी आफैंले सञ्चालन गर्ने उक्त रेस्टुरेन्टमा स्थानीय उत्पादन र स्वाद हुने छ । एकैपटकमा तीन सय जना बसेर खाना मिल्छ ।

‘मन्दिर दर्शन गरेर खाना खान मात्र रिसोर्ट जान्छु भन्दा पनि व्यवस्था हुने छ,’ श्रेष्ठले भने । पछिल्लो समय उपत्यकाबाहिर गएर तालिम, बैठक, साधारण सभा लगायत कार्यक्रम गर्ने चलन बढ्दो छ । यसलाई मध्यनजर गर्दै सय जनासम्म बस्न मिल्ने सभाहल पनि हुने छ। रिसोर्टमा ६० जनाले रोजगारी पाउने छन् । कम्पनीले रिसोर्ट बनाउन ४५ करोड रूपैयाँ लगानी अनुमान गरे पनि लागत बढेकाले ५० करोड रूपैयाँसम्म पुग्ने श्रेष्ठले बताए ।

मनकामना केबलकार सञ्चालनमा आएको २५ वर्षपछि कम्पनीले रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो । निर्देशक श्रेष्ठका अनुसार २०५४ सालमा मनकामना केबलकार सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा ल्याएसँगै रिसोर्ट चलाउने कम्पनीको योजना थियो। तर विविध कारणले ढिलाइ भएको उनले बताए ।

‘केबलकार चलाएलगात्तै हामीलाई सुविधासम्पन्न होटल चाहिएको थियो,’ उनले भने, ’तर त्यो बेला स्थानीयबाट केही समस्याहरू आएकाले सुरू गर्न सकेनौं ।’ छिट्टै केबलकारको ‘बटम स्टेसन’ मा पनि सुपर लक्जरी रिसोर्ट खोल्ने कम्पनीको योजना छ । निर्देशक श्रेष्ठका अनुसार लक्जरी रिसोर्टमा भने थोरै तर महँगा कोठा हुने छन् । ‘मनकामना धार्मिक रूपमा स्थापित भइसकेको छ । यसलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अबको लक्ष्य हो,’ उनले भने, ’यसलाई नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य स्थल बनाउने योजना छ ।’ हाल मासिक एक लाख दर्शनार्थी मनकामना पुग्छन् । यीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय पर्यटकहरू हुने उनले बताए । सेतोपाटीबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda