टेलरिङ ब्यवसायी संघ आरुघाट इकाइमा नयाँ नेतृत्व
टेलरिङ ब्यवसायी संघ आरुघाट इकाइमा नयाँ नेतृत्व
गोरखा टेलरिङ व्यवसायी संघ आरुघाट इकाइको अध्यक्षमा किसान परियार निर्वाचित भएका छ ।
परियारको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन भएको हो । प्रथम अधिवेशनबाट उपध्यक्षमा अनु बरामु, सचिबमा शान्ता शाक्य, कोषाध्यक्षमा दिव्य बस्नेत, सहसचिबमा अनिशा आले निर्वाचित भएको गोरखा टेलरिङ व्यवसायि संघका महासचिव बिकास बाबु परियारले बताए । सदस्यमा सुस्मिता गुरुङ, रमोद कुश्वाहा, सुस्मिता कार्की, मनोज राम, अनिता बिक चयन भएका छन् । आरुघाट इकाइका अध्यक्ष सिमा परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलरिङ व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष सोम बहादुर अछामीको, टेलरिङ व्यवसायी गण्डकी प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष बालकृष्ण परियार, महासचिबमा बिकास बाबु परियार, छेवेटार एरिया संयोजक बृन्दा गुरुङ र जिल्ला सदस्य चन्द्र कुमारी दानी, कल्पना श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।