राजनितिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई आग्रह
राजनितिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई आग्रह
गोरखा ः गण्डकी गाउँपालिकाले शिक्षकहरुलाई राजनितिक कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ ।
राजनितिक गतिविधिमा सहभागी वनेको पाइए कानुन वमोजिम कारवाही हुने समेत चेतवानी दिएको छ । पछिल्लो समय विभिन्न राजनितिक दलका कार्यक्रमहरुमा पालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको संलग्नता एवं सहभागिता रहेको जनगुनासो वढेपछि सोमबार सार्वजनिक सुचना मार्फत शिक्षकहरुलाई राजनितिक कार्यक्रममा सहभागी नहुन आग्रह गरिएको हो ।
राजनितिक क्रियाकलाप केन्द्रित कार्यक्रम गर्दा विद्यालय भवनको प्रयोग नगर्न पनि आग्रह गरिएको छ । राजनितिक कार्यक्रम विद्यालय भवनमा भएको तथा शिक्षकहरु कार्यक्रममा सहभागी वनेको सुचना तथा फोटोहरु समाजिक सञ्जालहरुमा तथा कार्यलयललाई समेत प्राप्त भएको सुचनामा उल्लेख छ । ‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षकहरु तथा निजामति सेवा निमायवली, २०५० ले निजामती कर्मचारीहरु कुनै पनि प्रकारको राजनितिक गतिविधिमा संलन हुन नपाउने तथा सो गरेको पाइएमा विभागीय सजायको समेत ब्यवस्था गरेको अवगत नै छ,’ सुचनमा भनिएको छ,‘विद्यालयलाई आयोजना स्थल वनाई राजनैतिक कार्यक्रमहरु आयोजना गर्न पनि नपाइने कानुनी ब्यवस्था छ ।
विद्यालय तथा विद्यार्थीहरुलाई राजनैनिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभावको वारेमा संवेदनशिल भइदिनुहुन सम्पुर्ण क्रियाशिल राजनितिक दलहरुलाई आग्रह गर्दछौ ।’ गाउपालिका भित्रका कुनै पनि विद्यालयहरुलाई राजनैतिक कार्यक्रम गर्न नदिन तथा गरेको पाइएमा सम्वन्धित विद्यालयका प्रध्यानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जिम्मेवार हुने गरी आवश्यक प्रक्रिया अघि वढाउने पनि गाउँपालिकाले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ । पछिल्लो समय सामुदायीक विद्यालयका शिक्षकहरु राजनितिक गतिविधिमा संलग्न भएको भन्दै सामाजिक संजालमा पनि आलोचना भएको छ ।