करेन्ट लगाइ माछा मार्ने दुइ जना पक्राउ
करेन्ट लगाइ माछा मार्ने दुइ जना पक्राउ
गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाइ माछा मार्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–१० छेवेटारका १८ वर्षिय सन्जय तामाङ र २८ वर्षिय रजित तामाङलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो । करेन्ट लगाई माछा मार्न हुदैन भनि सम्झाई वुझाई गर्दा उनिहरुले प्रहरीलाई धाक–धम्की समेत दिएका थिए । उनिहरुको साथबाट माछा मार्न प्रयोग भएको ब्याट्रि, फुर्लुङग, माछा थाप्न प्रयोग भएको जाल पनि वरामद गरिएको छ । मंलबार नै आरोपित विरुद्ध सार्वजनिक विरुद्धको कसुर शिर्षमा प्रशासन कार्यालयमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।