विज्ञान प्रदर्शनी
विज्ञान प्रदर्शनी
गोरखा ः गोरखा नगरपालिका– ११ किलो स्थित सन्त जोसेफ स्कुलले बुधवार विज्ञान प्रदर्शनी गरेको छ ।
प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका परम्परागत ढिकी, जातो, हलोे देखि विद्युत बाट चल्ने खेल्ने नमुना कार, रेल र मकै छोडाउने विद्युतीय उपकरण सम्म प्रदर्शन गरेका थिए । यस बाहेक विद्यार्थीले नै बनाएको माइक्रोस्कोप, टेलिस्कोप, वनस्पति तथा जीवको जीवनचक्र, आधुनिक कृषि प्रणाली, नमुना बस्तीको ढाँचा र जलवायु परिवर्तन असर बारे प्रदर्शनमा राखिएको थियो । उक्त विज्ञान प्रदर्शनीको अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय वासिन्दाले अवलोकन गरेका थिए ।
विद्यार्थीको प्रतिभाको पहिचान र अवसरका लागि यस्ता खाले प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ । प्रदर्शनी कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीले बनाएको विभिन्न सामाग्रीको १ सय ९२ वटा स्टल राखिएको थियो ।