राधाकृष्ण मन्दिरको उद्घाटन
राधाकृष्ण मन्दिरको उद्घाटन
गोरखा ः गोरखा नगरपालिका–१२ मा नवनिर्वमित राधा कृष्ण मन्दिर भवनको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सासंद नन्द प्रसाद न्यौपानले एक कार्यक्रमका विच मन्दिरको वुधबार उद्घाटन गरेका हुन् । गण्डकी प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको लगानीमा मन्दिर सँगै पार्क निर्माण गरिएको छ ।
सोहि परिसरमा ट्रस्ट पनि निर्माण गरिएको छ । उत्त ट्रस्टमा दुइ सय जना सम्म अट्छन् । उत्त सवै संरचना निर्माणका लागि २२ लाख रुपैया खर्च भएको वडा अध्यक्ष डिल वहादुर थापाले जानकारी दिए ।