घरबाटै ब्याक्तिगत घटना दर्ता
घरबाटै ब्याक्तिगत घटना दर्ता
गोरखा जिल्लाका केहि स्थानीय तहहरुले पालिका भित्रका नागरिकको ब्याक्तिगत घटना दर्ता घरबाटै गर्न सक्ने ब्यवस्था गरेका छन् ।
अनलाइन मार्फत घटना दर्ता गर्न सकिने पालिकाहरुले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख छ । पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, अजिरकोट गाउपालिका, शहिद लखन गाउपालिका र भिमसेन थापा गाउपालिकाले सार्वजनिक सुचना जारी गर्दै घरबाटै अनलाई मार्फत घटना दर्ता गर्ने सुविधा सुरु भएको जनाएका छन् । यस अघि उत्त सेवाका लागि वडा कार्यालयका पुग्नुपर्ने वाध्यता थियो ।
नेपाल सरकारले व्यक्तिगत घट्ना दर्ता (जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवथा गरेको छ । गाउपालिकाहरुले अनलाइन मार्फत आफैले घरमै बसी व्यक्तिगत घट्ना दर्ताको फाराम भर्न सक्ने व्यवस्था गरेको जनाएका छन् । फारम भर्नका लागि वेब साइटमा राखिएको क्यू आरबाट दर्ता गर्न सकिने छ ।
घरमै वसी मोवाइलको प्रयोगबाट समेत ब्याक्तिगत घटना दर्ताको फारम भर्न सकिने छ । फारम भरेसकेपछि प्राप्त हुने टोकन नम्वर लिएर सम्वन्धित वडा कार्यालयबाट ३५ दिन भित्र प्रमाणपत्र प्राप्त गर्न सकिने छ । आफ्नो मोबाइल नम्बर राखेर पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।