साक्षरता दिवसको अवसरमा चित्रकला प्रतियोगीता
साक्षरता दिवसको अवसरमा चित्रकला प्रतियोगीता
गोरखा ःअन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा लायन्स क्लव अफ गोरखा दरौदीले चत्रकला प्रतियोगिता गरेको छ ।
‘नेतृत्वका लागि उत्प्रेरणा” थिममा आधारित रहेर कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीतामा दरौदी करिडोरका ३ पालिका ११ विद्यालयको आधारभूत तहका विद्यार्थी क सहभागि भएका थिए । प्रतियागितामा सेन्ट मेरिज स्कुल पहिलो भएको छ ।
१० विद्यालयका प्रतिष्पर्धीलाई पछि पार्दै सेन्ट मेरिजका रितिका थापा प्रथम भएकी हुन् । तारा मावि छेवेटारकी मान्सी नेपाली दास्रो भएकी छिन् भने सेन्ट जोसेफ माविका फिलेक्स थापा तृतिय भएका छन् । व्राइट फ्युचर एकेडेमी चोरकाटेका उमेश गुरुङले सान्त्वना स्थान हासिल गरेको लायन्य क्लव अफ गोरखा दरौदिका निर्वमान अध्यक्ष एंव चित्रकला प्रतियोगिताका संयोजक रमेश विष्टले जानकारी दिए ।
कार्यक्रममा गोरखा नगरपालिकाको ६, पालुङ्गटार नगरपालिकाको ३ र सिरानचोक गाउपालिकाका २ विद्यालयका प्रतियोगीको सहभागीता रहेको थियो । क्लबका अध्यक्ष कमल नारायण श्रेष्ठको अध्यक्षता भाएको कार्यक्रममा तारा मावि छेवेटारका प्राधानध्यापक बाबुराम वि.कको प्रमुख अतिथ्यता रहेको थियो ।
विजयी विद्यार्थीहरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको छ । हरेक बर्ष सेप्टेम्बर ८ तारिकमा अन्तराष्ट्रिय साक्षरता दिवस मनाउदै आएको छ । विद्यार्थी उमेर देखि नै नेतृत्व गुण चित्रकलाको माध्यमबाट सिकाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएका हो ।