उजुरी तथा गुनासो राख्न सहजताका लागि विद्युतिय गुनासो पेटीका
उजुरी तथा गुनासो राख्न सहजताका लागि विद्युतिय गुनासो पेटीका
गोरखा ः जिल्ला प्रशासन कार्यालयले विद्युतीय गुनासो पेटीका प्रयोगमा ल्याएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी वनाउन सेवाग्राही तथा सरोकारवालालाई आफनो उजुरी तथा गुनासो राख्न सहजताका लागि विद्युतिय गुनासो पेटिकाको ब्यवस्था गरिएको हो । गुनासो पेटिकामा जो कोहि ब्याक्तिले जिल्ला प्रशासन कार्यालय गोरखाले प्रदान गर्ने सेवाका साथै जिल्ला भित्रका सरकारी तथा अर्धसरकारी निकायहरुबाट प्रदान हुने सेवा विकास निर्माण, सार्वजनिक सम्पतिको अतिक्रमण वा शुसासनको सन्दर्भमा गुनासो उजुरी तथा सकरात्मक सुझावहरु राख्न सकिने प्रशासनले कार्यालयले जनाएको छ ।
गुनासो तथा सुझावलाई जिल्लाको सेवा प्रवाहमा सुधारका लागि प्रयोग गर्नेपनि जनाइएको छ । विद्युतिय गुनासो पेटिकामा आउने सुझाव र गुनासो प्रमुख जिल्ला अधिकारीको मात्र पहुँचमा रहने उजुरीकर्ता र गुनासोकर्ताको गोपनियताको हकलाई पुर्ण संरक्षण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिक मैत्री,छिटोछरितो चुस्त दुरुस्त र पारदर्शी वनाइने पनि जनाइएको छ ।
सुचना प्रविधिको विकास सँगै सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी वनाउन जिल्ला प्रशासन कार्यालयये वेवसाइट, इमेल, फेसवुक, ट्वीर जस्ता विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालको अतिरित्त विद्युतिय गुनासो पेटिका पनि संचालनमा ल्याएको हो । यसका लागि क्यू आर कोड स्क्यान गरेर उजुरी वा गुनासो ब्यक्त गर्न सकिने छ । क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो ।