संविधान दिवस विविध कार्यक्रम गरी मनाइने
संविधान दिवस विविध कार्यक्रम गरी मनाइने
गोरखा ः संविधान दिवस विविध कार्यक्रम गरि मनाइने भएको छ । असोज २, ३ र ४ गते संविधान दिवसका अवसरमा विविध कार्यक्रम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
सरकारी कार्यालय, सामुदायिक विद्यालय,संघ–संस्था लाई भब्यताका साथ दिवस मनाउन पनि भनिएको छ । आ–आफ्नो कार्यालय र परिसरमा रहेका राष्ट्रिय झण्डा एंव ब्यानर सजाउन, सरसफाई गर्न सरकारी तथा सार्वजनिक कार्यालय एवं शैक्षिक संस्था तथा सामुदायिक संघ–संस्थालाई अनुरोध गरिएको छ । असोज २ गते नजिकको धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरुको सरसफाई गर्न आग्रह गरिएको छ ।
सार्वजनिक महत्व स्थानहरुमा र आ–आफ्नो घरघरमा असोज ३ गते दिप प्रज्ज्वलन गर्न सबै संघ–संस्था, निकाय, कार्यालय तथा नागरिकलाई अनुरोध पनि गरिएको छ । असोज ३ गते सरोकारवाला संघ–संस्था निकाय, कार्यालय तथा नागारिक स्तरमा रचनात्मक, सिर्जनात्मक, सन्देशमुलक तथा जनचेतनामूलक कार्यक्रम गरिने छ । असोज ३ गते नै शहिदहरुको सम्मानमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।