बहुवर्षिय योजना अन्तरगत विमानस्थलको सुदृढिकरण गरिने
बहुवर्षिय योजना अन्तरगत विमानस्थलको सुदृढिकरण गरिने
गोरखा ः बहुबर्षीय योजना अन्तरगत पालुङटार विमानास्थल सुदृढिकरण गरिने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष देशका विभिन्न विमास्थलतको रन वे, ट्याक्सी–वे, तथा एप्रोन(पार्किङ) निर्माण तथा विस्तारका लािग वजेट वियोजन गरेको छ । वजेटमा पालुङटार नगरपालिका–५ को विमानस्थल सुदृढिकरणका लागि वहुवर्षिय योजना अन्तरगत चार करोड ४२ लाख ४७ हजार रुपैया छुट्टाइएको छ ।
करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उत्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुदै आएको थियो । २०१७ सालमा निर्माण भएर ०१८ सालदेखि उडान सेवा सुरु भएपनि अहिले भने हवाई मैदान खेलमैदान, गाईवस्तु चराउने गौचरन, निर्माण सामाग्री थुपार्ने ठाउँ बन्दै आएको छ ।
२०१७ सालतिर गोरखा, तनहुँ, लमजुङका जहाज मार्फत् खाद्यान्न ढुवानी गरिएको र त्यसपछि ०३४ सालसम्म यी ३ जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाइपहरु पनि ओसारपोसार गरिएको स्थानीय सुनाउँछन । डेढ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई क्षेत्रफलमा निर्माण गरिएको यो एयरपोर्ट पृथ्वीराजमार्गमा यातायात सेवा सञ्चालनमा आएसँगै र गोरखा, तनहुँ र लमजुङ सदरमुकाममा मोटर पुगेपछि बन्द भएको थियो ।