वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दर पहिलो
वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दर पहिलो
गोरखा ः लायन्स क्लव अफ गोरखा दरौदीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दुरकी रिया कुमाल प्रथम भएकी छिन् ।
प्रतियोगितमा अन्नपूर्ण मावि खोप्लाङकी अन्जना अच्छामी दोस्रो, तारा मावि छेवेटारकी ऋषिका पन्त तेस्रो, व्राइट फ्यूचर एकेडेमी सिरानचोककी सिरा पोखरेलले सान्त्वना भएकी छिन् । ५९ औ राष्ट्रिय वालदिवको अवसरमा प्रतियोगीताको आयोजना गरिएको थियो ।
प्रतियोगीतामा सिरानचोक गाउँपालिका, पालुङ्टार र गोरखा नगरपालिकाका माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागीता रहेको क्लवका सचिव गिरिश वावु वस्नेतले जानकारी दिए ।
विजयी विद्यालय र प्रतियोगीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण पनि वितरण गरिएको छ । नेतृत्वको लागि उत्प्रेरणा ः आवश्यकता र औचित्य विषयमा वक्तृत्वकला प्रतियोगीता भएको थियो ।
क्लवका अध्यक्ष कमल नारायण श्रेष्ठको अध्यक्षतामा तारा मावि छेवेटारमा भएको कार्यक्रम गोरखा नगरपालिकाको कार्यपालिका सदस्य सावित्री थापा पुलामी, तारा माविका प्रधानाध्यापक वावुराम वि.क, कार्यक्रम संयोजक रमेश विष्ट लगायतले वाल दिवस, वाल अधिकार र अन्तराष्ट्रिय अभ्यासको वारेमा आ–आफ्नो धाराणा राखेका थिए ।