चित्रकला प्रतियोगिता सम्पन्न
चित्रकला प्रतियोगिता सम्पन्न
गोरखा ः वाल दिबसको अवसरमा रोटरी क्लब अफ गोरखाले आयोजनामा भएको चित्रकला प्रतियोगितामा सरस्वती मा.वि का छात्र आदित्य सुनार प्रथम भएका छन् ।
मोर्डन सेकेण्डरी बोर्डिङ स्कुल हरमटारीका स्वस्तिक श्रेष्ठ दोस्रो, तारा मा.वि छेवेटारकी मानसी नेपाली तेस्रो र मनकामना बहिरा आवासिय माविका सुमित थापा सान्त्वना भएको छन् । द ओल्ड क्यापिटल वोडि स्कुलमा भएको प्रतियोगतिामा आधारभूत तहका १२ विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेलाई क्रमश १ हजार पाच सय, एक हजार,पाँच सय र तिन सय रुपैया नगद सहित एक जोर ड्रेस र प्रमाण–पत्र वितरण पुरस्कार दिइएको थियो । इन्ट्रायक क्लबका गोरखाको अध्यक्ष प्रशिद्धीका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष ज्ञानहरी अर्याल, पूर्व अध्यक्ष काशीनाथ अंगाई, पूर्व अध्यक्ष विशाल राना, पब्लिक सर्भिस चियरपार्वती पाठक, पब्लिक इमेज चियर प्रेमध्वज थापा, रोट्याक्ट क्लब अफ गोरखाका अध्यक्ष सुस्मिता लौडारी, सुरेन्द्र कँवर, लक्ष्मी खत्री र दिपकबाबु श्रेष्ठको सहभागिता रहेको थियो ।