रास्वपा गोरखा नगरपालिकाको सभापतिमा प्रधान र पालुङटारमा पाण्डे
रास्वपा गोरखा नगरपालिकाको सभापतिमा प्रधान र पालुङटारमा पाण्डे
गोरखा ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पालुङटार र गोरखा नगरपालिकामा नगरस्तरीय समिति गठन गरेको छ ।
शनिबार भएको सम्मेलनबाट गोरखा नगरपालिकाको सभापतिमा शिशिर वावु प्रधान चयन भएका छन् । प्रधानको सभापतित्वमा ११ सदस्यीय नगर समिति र दुइ जनाको सल्लाहाकार सदस्य गठन गरिएको हो ।
गोरखा नगरपालिकाको उपसभापतिमा शान्ति अर्याल र धनराज खनाल, सचिवमा अमृत भट्टराइ, कोषाध्यक्षमा अर्जुन वानिया, सदस्यहरुमा विनोद काप्री, वासुदेव काराखेती, रामशरण खत्री, विनाश थापा, निरु वस्नेत र सुर्य वहादुर वस्नेत चयन भएका छन् ।
२२ जनालाई विभिन्न विभागको संयोजक र सदस्यको जिम्मेवारी पनि दिइएको सचिव भट्टराइले जानकारी दिए । सल्लाहाकार सदस्यमा खिल वहादुर कुँवर र हरिवहादुर कुँवर चयन भएका छन् । गोरखा नगरपालिकाको १ देखि ६ नम्वर सम्म वडा समिति गठन गरिसकिएको भट्टराइले जानकारी दिए । त्यस्तै पालुङटार नगरपालिकाको नगर सम्मेलनले आनन्दराज पाण्डेको सभापतित्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ ।
उपभासपतिमा वलराम तामाङ, सचिव लक्ष्मण गीरी, कोषाध्यक्ष भरत वहादुर कार्की चयन भएका छन् । सदस्यहरुमा हरि वहादुर अधिकारी, विकास गिरी, भद्रु गिरी र दिपा अधिकारी चयन भएका छन् ।