बालयौन दुरुपयोगको आरोपमा एक जना पक्राउ
बालयौन दुरुपयोगको आरोपमा एक जना पक्राउ
बैवाहिक जवरजस्ती करणी कसुर शिर्षकमा पनि एक युवक पक्राउ
गोरखा ः बालयौन दुरुपयागको आरोपमा शहिद लखन गाउपालिकाका ३० वर्षिय सुजन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २५ गते १६ वर्षिय वालिकालाई एक्लै भएको मौका छोपी विभिन्न डर–त्रासमा पारी करणी गर्ने आशयले अस्वभाविक रुपमा पिडितको संवेदनशिल अंगहरु समाउने, चुम्वन गर्ने गरी वालयौन दुरुपयोग गरेको भन्दै पिडितका आफनतले दिएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार आरोपित विरुद्ध वालयौन दुरुयोग कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पनि डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैवाहिक जवरजस्ती करणी कसुर शिर्षकमा एक युवक पक्राउ परेका छन् । ३६ वर्षिय महिलालाई इच्छा पिरित धाक धम्की दिइ, गाली गलौज तथा कुटपिट समेत गरी जरवस्ती करणी गरेको भन्दै उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो । पिडितले दिएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरी आइतबार वैवाहिक जजरजस्ती करणी कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।