सवारी ज्यान मुद्धामा एक जना पक्राउ
सवारी ज्यान मुद्धामा एक जना पक्राउ
गोरखा ः सवारी ज्यान मुद्धामा शहिद लखन गाउपालिका–१ खानचोक घर भइ गोरखा नगरपालिका–१० टक्सार वस्ने ४९ वर्षिय रेशम वहादुर गुरुङ पक्राउ परेका छन् ।
शनिबार गुरुङले चलाएको ग १ ख ९७३६ नम्वरको वसको ठक्करबाट ग ७प १५१० नम्वरको मोटरसाइकल चालक सिरानचोक गाउपालिका–४ का राम लाल कुमालको मृत्यू भएको थियो । भच्चेक सडक खण्ड अन्तरगत सिरानचोक–४ अमराइमा वसको ठक्करबाट घाइते वनेका २७ वर्षिय कुमालको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यू भएको थियो ।
सवारीज् यान कसुर शिर्षकमा मुद्धा दर्ताका लागि भन्दै मृतकको आफन्तको जोहरी दरखास्तको आधारमा सवारी चालक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । आइतबार गोरखा अदालतबाट म्याद थप लिइ घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।