गोरखा र गोरखनाथ सम्वन्धि विचार गोष्ठी हुने
गोरखा र गोरखनाथ सम्वन्धि विचार गोष्ठी हुने
गोरखा ःश्री श्री गुरु गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रको आयोजनामा असोज १३ गते गोरखा र गोरखनाथ सम्वन्धि ऐतिहासिक विचार गोष्ठी कार्यक्रम हुने भएको छ ।
आयोजक श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गोरखा सदरमुकाममा हुने विचार गोष्ठी वारे जानकारी गराएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, वरिष्ठ संस्कृत विद डा जगमान गुरुङ, योगी वलभद्रनाथ, ज्योतिष हरिप्रसाद सोडारी, निखिल उप्रेती, पशुपति अधिकारी लगायतको सहभागीता रहने केन्द्रले जनाएको छ ।
गोरखा र गोरखनाथवारे प्रचार प्रसार सँगै आध्यात्मीक पर्यटक भित्राउन विचार गोष्ठीले सघाउने अपेक्षा लिइएको छ । कार्यक्रममा केन्द्रका नवराज वस्नेत, नारायण दानी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।